२० बैशाख, २०८१ बिहिबार

06:38:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुग्यो ।

१२ माघ, २०७८

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुग्यो ।

काठमाण्डौ । 
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।
अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।
विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । विभागले ५६ लाख ४३ हजार ९ सय ४५ घरपरिवारमा पुगेर जनगणा गरेको जनाएको छ । खाली घर कति भन्ने बारे पछि खुलाईने विभागले जनाएको छ । अहिले ५६ लाख ४३ हजार ९ सय ४५ घरमा ६७ लाख ६१ हजार ५९ परिवार बसोबास गरिरहेको विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा बढि मधेस प्रदेशको जनसंख्या रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको रहेको विभागले जनाएको छ ।