७ बैशाख, २०८१ शुक्रबार

11:19:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कसको कतिले घट्यो जीवन बीमा व्यावसाय ?

Nepal Business

२८ माघ, २०७९

समीक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशतले नयाँ व्यवसाय यूनियन लाइफ इन्स्योरेन्सको घटेको छ

कसको कतिले घट्यो जीवन बीमा व्यावसाय ?

चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमास अर्थात पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १४ अर्ब १७ करोड ७९ लाख २३ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन्। 

जुन गत आवको सोही अवधिको तुलनामा ३१.२१ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७८/७९को दोस्रो त्रैमासमा कम्पनीहरुले २० अर्ब ६० करोड ९६ लाख ८८ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका थिए ।

जुन गत आवको सोही अवधिको तुलनामा ३१.२१ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७८/७९को दोस्रो त्रैमासमा कम्पनीहरुले २० अर्ब ६० करोड ९६ लाख ८८ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका थिए ।

समीक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशतले नयाँ व्यवसाय यूनियन लाइफ इन्स्योरेन्सको घटेको छ । इन्स्योरेन्सको प्रथम बीमाशुल्कवापत संकलन हुने रकम ७५.९५ प्रतिशतले घटेर ६६ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ। जबकी गत आवको सोही अवधिमा यस्तो व्यावसाय २ अर्ब ७७ करोड १४ लाख रुपैयाँको गरेको थियो ।

सबै भन्दा कम लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)को छ। एलआइसीको नयाँ व्यवसाय मात्रै ११.८५ प्रतिशतले घट्न गई १ अर्ब २६ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ ।

गुराँस लाइफको नयाँ व्यवसाय ५७.३२ प्रतिशतले घटेर १६ करोड रुपैयाँमा खुम्चिएको छ । प्रभु लाइफको नयाँ व्यवसाय ४८.८२ प्रतिशतले घटेर ३० करोड ४५ लाख रुपैयाँ, रिलायबल लाइफको ४६.८१ प्रतिशतले घटेर ७२ करोड ७३ लाख रुपैयाँ र महालक्ष्मी लाइफको ४१.४९ प्रतिशतले घटेर २२ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ ।

एशियन लाइफको नयाँ व्यावसाय ३०.६१ प्रतिशतले घटेर ७३ करोड ७२ लाख रुपैयाँ कायम भएको छ। राष्ट्रिय बीमा संस्थानको ४३.७३ प्रतिशतले घटेर ३५ करोड २१ लाखमा सीमित भएको छ । सिटिजन लाइफको नयाँ व्यवसाय ३९.२१ प्रतिशतले घटेर ८७ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ ।

यस्तै, रिलायन्स लाइफको २९.६० प्रतिशतले घटेर ४३ करोड ५५ लाख रुपैयाँ, नेशनल लाइफको २६.५४ प्रतिशतले घटेर १ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ, सन नेपालको २५.०४ प्रतिशतले घटेर ९६ करोड ६६ लाख रुपैयाँ, मेट लाइफको २१.७९ प्रतिशतले घटेर ६० करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ ।

नेपाल लाइफको प्रथम बीमाशुल्क संकलन २४.१४ प्रतिशतले घटेको छ । यस अवधिमा इन्स्योरेन्सले प्रथम बीमाशुल्कवापत २ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ संकलन गरेको छ ।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिना अर्थात दोस्रो त्रैमाससम्ममा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँको व्यवसाय गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०४ प्रतिशतले मात्रै बढी हो । गत आर्थिक वर्षको पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँको व्यवसाय गरेका थिए ।

कम्पनीहरुले यस अवधिमा प्रथम बीमाशुल्कबाट १४ अर्ब १७ करोड ७९ लाख रुपैयाँ संकलन गरेका छन् । भने नवीकरणीय बीमाशुल्कबाट ५७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ संकलन गरेका हुन्। 

प्राधिकरणकाअनुसार यस अवधिसम्ममा कुल सक्रिय बीमालेखको संख्या १ करोड ४१ लाख ९ हजार १५० वटा रहेका छन् ।