२० बैशाख, २०८१ बिहिबार

08:38:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गरिने

१२ माघ, २०७८

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गरिने


काठमाण्डौ । 

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्दै छ । अहिले जनगणनाको प्रारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागले जनाएको छ । जनगणनाको अन्तिम नतिजा सार्वजनिक हुन भने ६ महिना भन्दा पनि बढि समय लाग्ने विभागले जनाईसकेको छ । यस पटक गरिएको जनगणनामा नागरिकका विविध पक्षलाई सूचना प्रविधिको माध्ययमबाट संकलन गरि एकीकृत गरिएको छ । 
गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको हो । 

प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिने बताइएको छ । 
प्रारम्भिक नतिजामा लिंगको आधारमा महिला र पुरुषको मात्र संख्या सार्वजनिक गरिनेछ । अन्य लैंगिक र यौनिक पहिचान भएकाहरुको विवरण भने पछि सार्वजनिक गर्ने विभागले जनाएको छ ।
गत भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो ।