२२ बैशाख, २०८१ शनिबार

06:41:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पानी नपर्दा विद्युत उत्पादन घट्यो, माग धान्नै धौ-धौ

Nepal Business

२० माघ, २०७९

यो वर्ष हिउँदमा माघ तेस्रो साता वित्दा पनि पानी परेको छैन। हिमाली क्षेत्रमा हिउँ परेको छैन।

पानी नपर्दा विद्युत उत्पादन घट्यो, माग धान्नै धौ-धौ

काठमाडौं। 

हिउँदमा वर्षात नहुँदा गत बर्षको तुलनामा करिब २० प्रतिशत विद्युत उत्पादन घटेको छ। उत्पादन घट्दा विद्युत आपूर्तिमा व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणलाई हम्मेहम्मे भएको छ।

त्यही भएर प्राधिकरणले बिहान र साँझको उच्च माग हुने (पिक आवर)मा औद्योगिक क्षेत्रको विजुली कटौती गरेको छ।

त्यही भएर प्राधिकरणले बिहान र साँझको उच्च माग हुने (पिक आवर)मा औद्योगिक क्षेत्रको विजुली कटौती गरेको छ।

यो वर्ष हिउँदमा माघ तेस्रो साता वित्दा पनि पानी परेको छैन। हिमाली क्षेत्रमा हिउँ परेको छैन। 

जसका कारण खोलामा पानी बहाव घटेर गत वर्षभन्दा विद्युत उत्पादन घटेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताउनुभयो। उहाँका अनुसार विद्युत उत्पादन घटेका कारण अहिले व्यवस्थापनमा समस्या भएको छ।

घिसिङका अनुसार गत वर्षको हिउँदमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट ११० मेगावाटसम्म दैनिक उत्पादन हुने गरेको थियो। यो वर्ष ७५ मेगावाट मात्रै उत्पादन भइरहेको छ।

अघिल्लो वर्षको हिउँदमा माघ लाग्दासम्म दुईरतीन पटकसम्म पानी परेको थियो। जसका कारण खोलामा पानीको बहाव बढ्दा उत्पादन धेरै घटेको थिएन। प्राधिकरणको मात्रै करिब ६०० मेगावाट उत्पादन हुनुपर्नेमा अहिले २०० मेगावाट जति मात्रै छ। 

घिसिङका अनुसार तुलनात्मक रुपमा १० बर्ष यताकै सुक्खायाममा भएको सबैभन्दा कम उत्पादन हो। ‘आइपीपी, प्राधिकरण आफ्नो, सहायक कम्पनी लगायत सबैको उत्पादन हेर्दा औसतमा २० प्रतिशत झरेको छ। खोलामा पानी छैन,’ उहाँले भन्नुभयो’, व्यवस्थापन गर्न कठिन भइरहेको छ।’

नेपालमा अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका छन्। हिउँदमा पानीको सतह घट्ने हुँदा ३० देखि ३५ प्रतिशत मात्रै उत्पादन हुने गरेको छ। 
नेपालको जडित क्षमता २२ सय मेगावाट पुगेको छ। प्राधिकरणका अनुसार बिहिबार साँझको पिक डिमाण्ड १६३४ मेगावाट छ।