१४ बैशाख, २०८१ शुक्रबार

09:46:40 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुपरमाई हाइड्रोको आईपिओ बाँडफाँड

Nepal Business

११ माघ, २०७९

क्यापिटलले आईपिओममा नपरेको पैसा लगानीकर्ताले आवेदन दिंदा उल्लेख गरेको बैंक खातामा फिर्ता गरिने जनाएको छ

सुपरमाई हाइड्रोको आईपिओ बाँडफाँड

सुपर माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले मंगलबार शेयर बाँडफाँड गरेको हो । 

कम्पनीले  इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ५ लाख कित्ता शेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ५० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।  आईपिओको नतिजा क्यापिटलको वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ । 

क्यापिटलले आईपिओममा नपरेको पैसा लगानीकर्ताले आवेदन दिंदा उल्लेख गरेको बैंक खातामा फिर्ता गरिने जनाएको छ । बैंक मर्ज भएर खाता नम्बर परिवार्तान्भाएको भए त्यसको जानकारी दिन समेत क्यापिटलले जनाएको छ ।

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएसँगै अब कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले इलाममा ७।८ मेगावाटको सुपर माई जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।