२० बैशाख, २०८१ बिहिबार

06:07:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खाडी मुलुकको समस्या समाधान गर्न समिति गठन, कोको छन् समितिमा

Nepal Business

११ माघ, २०७८

खाडी मुलुकको समस्या समाधान गर्न समिति गठन, कोको छन्  समितिमा

११ माघ । नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई भोग्नु परेका विभिन्न कठिनाई र त्यसबारे देखिएका समस्या समाधानका लागि ठोस कार्ययोजना पेस गर्न मंगलबार एक समिति गठन गरिएको छ । 

गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा सरोकारवाला निकायका प्रतिनिधि बीचको छलफलले गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

समितिमा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकाल र अध्यागमन विभागका निर्देशक प्रकाशचन्द्र अधिकारी रहनु भएको छ । समितिको सदस्यसचिवमा वैदेशिक रोजगार बोर्डका उपसचिव दिनबन्धु सुवेदी रहनुभएको छ ।
 
बैठकमा विदेशमा जाने नेपालीहरूका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीहरूका समस्या समाधानबारे छलफल भएको गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिनुभयो । 

अन्य विविध निर्णय

बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टान्जिट प्यासेन्जर्सको सहज व्यवस्थापनका लागि उपयुक्त संरचनात्मक सुधार तथा व्यवस्थापन गर्न सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गर्ने निर्णय निर्णय गरेको छ ।

त्यस्तै पर्यटन मन्त्रालयले नै अन्तर्राष्ट्रिय उडानको आगमन तथा प्रस्थानलाई व्यवस्थित बनाउन उपयुक्त समय अन्तरालसहितको उडान तालिका व्यवस्थापन गर्ने निर्णय पनि बैठकमा भएको छ । 

कार्गो र लगेजको एक्सरेसहित स्क्यानिङ र आवश्यक नियमनका लागि भन्सार विभागसमेतको समन्वयनमा नेपाल प्रहरीले आवश्यक प्रबन्ध गर्ने निर्णय पनि बैठकले गरेको छ ।