१४ बैशाख, २०८१ शुक्रबार

10:47:43 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सर्वसाधारणका लागि माघ १८ बाट शूभम पावरको आइपिओ निष्कासन

Nepal Business

१० माघ, २०७९

कम्पनीले यस अघि नै स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरिसकेको छ ।

सर्वसाधारणका लागि माघ १८ बाट शूभम पावरको आइपिओ निष्कासन

शुभम पावर लिमिटेडले माघ १८ गतेबाट सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ। 

कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर,  कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याएर बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा माघ २२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ।

 शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरिसकेको छ  ।  कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ५ वर्ष अगाडी नै आईपिओ निष्काशन गरिसकेको छ।

कम्पनीले संखुवासभामा ९९० किलोवाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६८ साउन १ गतेबाट विद्युत उत्पादन गरिरहेको छ ।