८ बैशाख, २०८१ शनिबार

11:00:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ

Nepal Business

१० माघ, २०७९

म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइवीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो ।

म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ

नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको छ । 

अनुसन्धान टोलीले अनुसन्धान सकेको र मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरिएको सिआइबीका एक प्रहरी अधिकृतले जानकारी दिनुभयो ।

एक जनालाई विराटनगर र एक जनालाई राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको सिआइवी स्रोतले जनाएको छ । 

गत पुसमा काठमाडौँमा उक्त लिग भएको थियो । त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइवीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धान टोलीले अनुसन्धान सकेको र मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरिएको सिआइबीका एक प्रहरी अधिकृतले जानकारी दिनुभयो ।