७ बैशाख, २०८१ शुक्रबार

04:28:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्ता छन् नेप्सेले देखेको पूँजीबजारका चुनौतीहरु

Nepal Business

८ माघ, २०७९

लगानीकर्ताको बढ्दो संख्यालाई सेवा पुयाउन अनलाइन कारोवार प्रणालीलाई समय सापेक्ष परिवर्तन, परिमार्जन तथा विकास गर्नुपर्ने

यस्ता छन् नेप्सेले देखेको पूँजीबजारका चुनौतीहरु

नेपालको पूँजीबजार खस्कँदो छ । केही सुधारका संकेत मिले पनि अझै आशंकाहरु कायमै छन् । यही बीचमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालै एउटा प्रतिवेदन सार्वजनिक गरेको छ ।

उसको प्रतिवेदनमा पुँजीबजारमा हाल १३ वटा प्रमुख चुनौतीहरु रहेको उल्लेख छ। नेप्सेका अध्यक्ष चक्रबहादुर बुढाले वार्षिक प्रतिवेदन पेश गर्दै विद्यमान अवस्थामा १३ वटा प्रमुख चुनौती महसुस गरिएको उल्लेख गर्नुभएको छ । के रहेछन् ती चुनौती पुरा पढ्नुहोस् 

यस्ता छन्  चुनौतीहरु :

(क) बजारको कारोवार परिमाण, अर्थतन्त्रका विभिन्न पक्षहरु, सूचीकृत कम्पनीको आर्थिक तथा व्यवस्थापकीय अवस्था तथा लगानीकर्ताको मनोविज्ञानमा समेत आधारित हुने र सोही अनुसार कारोबार हुने भएकोले कारोबार तथा आयमा सुनिश्चितता ल्याउने चुनौती रहेको ।

(ख) लगानीकर्ताको बढ्दो संख्यालाई सेवा पुयाउन अनलाइन कारोवार प्रणालीलाई समय सापेक्ष परिवर्तन, परिमार्जन तथा विकास गर्नुपर्ने ।

(ग) बढ्दो बजारमा मात्र लगानीकर्ताको आकर्षण बढ्ने तथा बजार घट्न थालेपछि अन्य क्षेत्रमा प्रवेश गर्ने हुँदा लगानीकर्तालाई दिगो रुपमा कायम राखी बजारलाई सुदृढ बनाई विस्तार गर्ने चुनौती रहेको ।
 
(घ) साइबर आक्रमणबाट विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित राख्नुपर्ने ।

(ङ) सरकारी तथा अन्य क्षेत्रले अवलम्वन गर्ने पुँजी बजारसँग सम्बन्धित नीतिहरु अनुकुल धितोपत्र बजारको व्यवस्थापन गर्नुपर्ने ।

(च) सञ्चालनमा ल्याइएको अनलाइन ट्रेडिङ सिस्टमको प्रयोगलाई व्यापक बनाउँदै सर्वसाधारणको तहसम्म पुयाउनु र लगानीकर्तालाई अनलाइन प्रणालीमा अभ्यस्त र आश्वस्त गराउनु पर्ने । 

(छ) पुँजीबजारसँग सम्बन्धित सबै निकायको कामकारवाहीहरुलाई पूर्ण रुपमा सूचना प्रविधिसँग आवद्ध गरी यान्त्रिकीकरण गर्नु । 

 (ज) पोर्टफोलियो विकासका लागि सरकारी तथा संगठित संस्थाहरुले जारी गरेको ऋणपत्र दोस्रो बजारमा पर्याप्त मात्रामा कारोवार गर्न सक्ने व्यवस्था गर्नु ।

(झ) बजारमा संस्थागत लगानीकर्ताहरुको संख्या बढाई उनीहरुको सक्रिय सहभागिता गराउनु ।

(ञ) धितोपत्र बजारको सन्तुलित एवम् प्रभावकारी विकासका लागि वास्तविक क्षेत्र (Real Sector) का कम्पनीहरुको उल्लेख एवम् सक्रिय रुपमा बजारमा उपस्थिति गराउनु । 

(ट) अग्राधिकार सेयर, सरकारी ऋणपत्र र संस्थागत ऋणपत्रको संख्या र कारोवार बढाउनु ।

(ठ) पुँजी बजार सम्बन्धमा लगानीकर्ता र सर्वसाधारणमा चेतना बढाउनु, सदस्य दलाल व्यवसायीहरुको सेवालाई गुणात्मक तथा प्रतिस्पर्धी बनाउनु, स्वदेश तथा विदेशी संस्थागत लगानीकर्ता तथा गैर-आवासीय नेपालीलाई पुँजी बजारमा सहभागी गराउनु ।

(ड) पुँजी बजारको विकास र विस्तारका लागि आवश्यक भौतिक पूर्वाधारहरुको निमार्ण गर्नु ।