१२ बैशाख, २०८१ बुधबार

04:55:07 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दरम खोला हाइड्रोले साढे ३९ करोडको आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

Nepal Business

६ माघ, २०७९

लक्ष्मी क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जीका अध्यक्ष नर बहादुर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दरम खोला हाइड्रोले साढे ३९ करोडको आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं । 

दरम खोला हाइड्रो इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ ।

कम्पनीले प्रतिकित्ता १०० दरले ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

त्यसका लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

लक्ष्मी क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जीका अध्यक्ष नर बहादुर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दरम खोला हाइड्रो इनर्जीले बाग्लुङ्गको गलकोट नगरपालिका–११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न गरेको छ ।