२० बैशाख, २०८१ बिहिबार

02:49:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटामोलको सहज उपलब्धता गराउन सरकारलाई सर्बोच्चको आदेश

Nepal Business

११ माघ, २०७८

सिटामोलको सहज उपलब्धता गराउन सरकारलाई सर्बोच्चको आदेश

काठमाण्डौं
सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारको नाममा अल्पकालीन अन्तरिक आदेश जारी भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

अधिवक्ता टीकाबहादुर कुँवरलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । उक्त रिटमा अन्तरिम आदेश माग गरिएकोमा आदेशबारे छलफलका लागि न्यायाधीश शर्माले माघ १७ गतेलाई पेशी तोक्नुभएको छ ।