१६ चैत, २०८० शुक्रबार

05:57:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हाथवे इन्भेष्टमेन्टले बोलायो साधारणसभा, १० प्रतिशत लाभांश पारित हुँदै

७ असोज, २०७९

हाथवे इन्भेष्टमेन्टले बोलायो साधारणसभा, १० प्रतिशत लाभांश पारित हुँदै

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले असोज २८ गते साधारण सभा बोलाएको छ । सभा एम्बास्डर लैनचौर, काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ ।

कम्पनीले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । सोही प्रस्ताव सभाले पारित गर्ने छ ।

साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ ।