५ जेठ, २०८१ शनिबार

09:44:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बरुण हाइड्रोपावरको नाफा बढ्यो

११ माघ, २०७८

बरुण हाइड्रोपावरको नाफा बढ्यो

काठमाडौं
बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १५८.२६% ले धेरै हो । गत वर्ष कम्पनीले ८७ लाख ९३ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफा पनि बढेको हो ।
एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ५८.७७% ले बढेर ५ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले विद्युत् बिक्रीबाट ३ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस त्रैमासिक अवधिमा हेवा खोला जलबिद्युत आयोजना पूर्ण रुपमा सञ्चालन भएकोले गर्दा यसको नाफा ह्वात्तै बढेको हो ।