१६ चैत, २०८० शुक्रबार

06:49:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समिट लघुवित्तको २२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा

७ असोज, २०७९

समिट लघुवित्तको २२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । समिट लघुवित्तले केही संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (शुक्रबार ) देखि ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा सेयर मूल्य र संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

उक्त समयभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनैपनि निवेदन प्राप्त नभएमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको  छ ।