८ बैशाख, २०८१ शनिबार

10:48:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन

६ असोज, २०७९

 नेप्सेमा सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) सानिमा इक्विटी फण्डको मूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले फण्डको इकाईमूल्य समायोजन गरेको हो ।

फण्डको २२ प्रतिशत नगद लाभांशपछि प्रतिइकाई १० रूपैयाँ १९ पैसा हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १२ रूपैयाँ ३९ पैसाका आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीले इकाईधनीहरूलाई करसहित २२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।