१३ बैशाख, २०८१ बिहिबार

11:16:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६५ करोडको मात्र कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक खरिद बिक्री

६ असोज, २०७९

६५ करोडको मात्र कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक खरिद बिक्री

काठमाडौं । साताको चौथो कारोबारको दिन सुधार देखिएको सेयर बजार आज पाँचौ कारोबारको दिन बिहीबार फेरी ओरालो लागेको छ । बिहिबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ९.८३ अकंले घटेर १८३८.९६ बिन्दुमा बन्द भएको छ ।

यस दिन २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता सेयर किनबेच हुदाँ ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँको कारोबार भएको छ । बिहीबार नबिल बैंकको सर्वाधिक खरिद बिक्री भएको  छ । बैंकको यस दिन २ करोड ५८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, बोट्लस नेपालको २ करोड ४१ लाख ४९ हजार रुपैयाँ, अपी पावरको १ करोड ६१ लाख ४३ हजार र रिडी पावरको १ करोड ५७ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।