१५ चैत, २०८० बिहिबार

05:13:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तपाईँको खातामा आयो त एक कम्पनीको १२ प्रतिशत लाभांश ?

६ असोज, २०७९

तपाईँको खातामा आयो त एक कम्पनीको १२ प्रतिशत लाभांश ?

काठमाडौं ।  सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको आज (बिहीबार) देखि गत आर्थिक वर्षको नगद लाभांश इकाइधनीहरुको बैंक खातामा जम्मा गर्न थालेको छ ।

योजना व्यवस्थापन सनराइज क्यापिटलले उक्त योजनाको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा आज (बुधबार) देखि पठाइन थालेको जनाएको छ ।  

सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

सोही लाभांश बिहीबारदेखि इकाइधनीको खातामा पठाउन थालेको हो । आफ्नो इकाइ धितो राखेका इधनीहरुहरुको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र अनिवार्य रुपमा पेस गरेपछि मात्रै उक्त लाभांश पाउनेछन् ।