१२ बैशाख, २०८१ बुधबार

10:18:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

६ असोज, २०७९

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

काठमाडौं । अहिले आम लगानीकर्ताहरुलाई सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड कहिले होला भन्ने कौतुहल्ता लागेको छ । हाल आम लगानीकर्ताको चासोको बिषयमा रहेको यस कम्पनीको आईपीओ असोज ११ गते मंगलवार  बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलवार बिहानको ९ बजे बाँडफाँड गर्ने तयारी रहेको छ ।

सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ प्रि अलोटमेन्ट भोलि असोज ७ गते शुक्रबार हुने भएको छ । उक्त कम्पनीको आइपीओमा झन्डै १६ गुणा बढी आवेदन परेको छ । सीडीएसका अनुसार कम्पनीको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो  ।जसमध्ये ५७ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो  ।