२४ बैशाख, २०८१ सोमबार

05:20:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा झिनो अंकले गिरावट

Nepal Business

११ माघ, २०७८

नेप्सेमा झिनो अंकले गिरावट

काठमाण्डौं
साताको तेस्रो दिन मंगलबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । तीव्र  उतारचढावसँगै  अन्तमा नेप्सेमा झिनो गिरावट देखिएको  हो । विगतमा नेप्सेमा ठुलो अंकको गिरावटपछिको अर्को दिनमा उच्च अंकको वृद्धि हुने गर्दथ्यो तर यो पटक भने सोही ढंगले इतिहास दोहोरिएन । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ । नेप्से ०.२१ प्रतिशतले घटेको हो । यसैगरी सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले घटेर ५२४.८६ विन्दुमा झरेको छ ।
कूल २ सय २९ वटा कम्पनीको ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रूपैयाँ २ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये मंगलबार लाइफ इन्स्योरेन्स उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

मंगलबार एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड ९४ लाख ५१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 
आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार १ सय ६ रुपैयाँ पुगेको छ । यस दिन बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेको छ ।