११ बैशाख, २०८१ मंगलबार

04:35:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ११.२२ अंकले बढ्यो

Nepal Business

५ असोज, २०७९

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ११.२२ अंकले बढ्यो

काठमाण्डौं । सेयर बजारमा सुधार आएको छ । साताको चौथो दिन बुधबार सेयर बजारमा  दोहोरो अंकको सुधार देखिएको  हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से ११.२२ अंकले बढेर एक हजार ८ सय ४८.८२ विन्दुमा बन्द भएको छ । आज नेप्सेमा ७२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साताको कारोबारको सुरुवातदेखि नै निरन्तर गिरावट भइरहेको नेप्से बुधबार भने दोहोरो अंकले बढेको हो । 

आज कारोबार भएका कम्पनीमध्ये १४२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ वटा कम्पनीको सेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको सेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेको हो ।  

नेप्सेका अनुसार वीन नेपाल लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड र राप्ती हाइड्रोको सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको  भएको छ । बैंकको आज ३ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।