११ बैशाख, २०८१ मंगलबार

02:32:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेसनल माइक्रोफाइनान्स लघुवित्तको १७ हजार ९४३ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

Nepal Business

५ असोज, २०७९

 नेसनल माइक्रोफाइनान्स लघुवित्तको १७ हजार ९४३ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाण्डौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको १७ हजार ९४३ कित्ता संस्थापक सेयर लिलामी भर्ने कार्यालय समयसम्म मात्र हो । 

यसमा कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी,संघ र संस्थाहरुले  आवेदन दिन सक्नेछन् ।

न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले संस्थाको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

लघुवित्तका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिई यसअघि आवेदन खुला गरिएको थियो । तर सो अवधिमा आवेदन नपरेको हुनाले लिलामीमा ल्याइएको हो ।