२४ बैशाख, २०८१ सोमबार

01:01:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा गिरावट आउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

४ असोज, २०७९

सेयर बजारमा गिरावट आउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम अझै रोकिएको छैन । मंगलबार  पनि सेयर बजारमा भारि गिरावट आएको छ । मंगलबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.८१ अकंले घटेर १८३७.६० बिन्दुमा बन्द भएको छ ।

यस दिन २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँको कारोबार भएको छ ।  सेयर बजारमा गिरावट आउँदा पनि मंगलबार हिमालयन डिस्टलरीको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ५ करोड ६५ लाख ३३ हजार रुपैयाँको कारोबार भएकोछ ।

त्यस्तै, रिडी पावरको ५ करोड ३५ लाख १३ हजार रुपैयाँ, नबिल बैंकको ४ करोड ७३ लाख ६५ हजार रुपैयाँ, अरुण काबेली पावरको ३ करोड २६ लाख २ हजार रुपैयाँको कारोबार भएको हो ।