१२ बैशाख, २०८१ बुधबार

04:20:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटिजन लाइफका संस्थापक सेयरधनीलाई ५० रकम जम्मा गर्न समय थप

४ असोज, २०७९

सिटिजन लाइफका संस्थापक सेयरधनीलाई ५० रकम जम्मा गर्न समय थप

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरूलाई रकम जम्मा गर्न समय थप गरेको छ । कम्पनीले ५० प्रतिशत रकम थप गर्न असोज २६ गतेसम्म समय दिएको हो ।

कम्पनीको साउन ६ गते सम्पन्न भएको विशेष साधारण सभाको निर्णयले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने निर्णय भई साउन १२ गते बसेको बैठकले साविक संस्थापक सेयरधनीहरूबाट सेयरमा लगानी भएको ५० प्रतिशत रकम माग गर्ने निर्णय भएको थियो ।

सो बमोजिम कम्पनीका संस्थापक सेयरधनीले असोज ७ गतेसम्म उक्त रकम जम्मा गरिसक्नु पर्ने थियो । संस्थापकहरूले कम्पनीको वेवसाइटमा उपलब्ध रहेको सेयर लगानी फारम भरी नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्ग, कुमारी बैंक, पुतलीसडम, हिमालयन बैंक, न्यूरोड र सानिमा बैंक, नक्सालमा रहेको खाता नम्बरमा रकम जम्मा गर्नुपर्ने इन्स्योरेन्सले जनाएको छ ।