१४ बैशाख, २०८१ शुक्रबार

04:21:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डायनमिक क्यूआर पेमेन्ट सिस्टम

४ असोज, २०७९

 नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डायनमिक क्यूआर पेमेन्ट सिस्टम

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई सेवासँगको सहकार्यमा डायनमिक क्यूआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ।

आइतबार दिउँसो कम्पनीको काठमाडौं शाखामा आयोजित एक विषेश समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले रिबन काटेर उक्त सेवाको सुरुआत गर्नुभएको हो। नेसनल सेल्स हेड उमापति पोखरेलले डायनमिक क्यूआरका माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरी सेवाको सुचारु गर्नुभएको छ ।

यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स डायनमिक क्यूआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एकमात्र जीवन बीमा कम्पनी बनेको छ। अब नेपाल लाइफका देशैभरिका शाखा तथा उपशाखाबाट डायनमिक क्यूआरका माध्यमबाट भुक्तानी गर्न सकिनेछ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागिपरेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने बताउनुभयो ।

डायनमिक क्यूआर पेमेन्ट सिस्टमका माध्यमबाट रु। २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिनेछ। अरु क्षेत्रमा डायनमिक क्यूआर पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमा क्षेत्रमा भने यो नयाँ अभ्यास हो। हरेक ग्राहकका लागि फरक–फरक क्यूआर बन्ने र भुक्तानी गर्नसाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो।

कार्यक्रममा ई सेवाका प्रबन्धक आशीष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनीप्रति कृतज्ञता जाहेर गर्नुभयो ।