११ बैशाख, २०८१ मंगलबार

03:07:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको भदौमा ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

४ असोज, २०७९

चालु आर्थिक वर्षको भदौमा ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

काठमाडौं । पछिल्लो समय घरजग्गाको कारोबार बढेको छ। चालु आर्थिक वर्ष २०७९/८० को सरुवातसँगै काठमाडौंमा घरजग्गाको कारोबार पनि बढ्न पुगेको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनाको तुलनामा भदौ महिनामा घरजग्गा कारोबार ५२ प्रतिशतले बढेको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार भदौ महिनामा काठमाडौंमा घरजग्गा कारोबार संख्या २ हजार ५ सय ११ रहेको छ। साउन महिनामा काठमाडौंमा घरजग्गा किनबेच संख्या १ हजार ६ सय ५५ थियो।

कारोबारसँगै भदौमा जग्गाको कित्ताकाट पनि वृद्धि भएको छ। साउनमा २१७ कित्तालाई ६ सय २१ कित्तामा टुक्र्याइएको थियो । भदौमा भने ५ सय ९३ कित्तालाई १ हजार ८ सय १२ कित्तामा टुक्र्याइएको विभागको तथ्यांक उल्लेख छ ।

साउनको तुलनामा भदौमा रजिष्ट्रेसन दस्तुरबापत उठ्ने राजश्वमा पनि ६३ प्रतिशतले वृद्धि भएको छ। साउनमा रजिष्ट्रेसन दस्तुरबापत ३६ करोड २८ लाख राजश्व उठेको थियो भने भदौमा रजिष्ट्रेसन दस्तुरबाट ५९ करोड २५ लाख रूपैयाँ राजश्व उठेकोे छ ।

घरजग्गाको कारोबार बढेसँगै पुजिँगत लाभकरबापत उठ्ने राजश्व पनि ६८ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ। साउनमा पुजिँगत लाभकरबापत १८ लाख ६० करोड रूपैयाँ राजश्व उठेकोमा भदौमा उक्त संख्यामा वृद्धि हुँदै पुजिँगत लाभकरबापत ३१ करोड ३७ लाख रूपैयाँ राजश्व उठेको छ।