६ मंसिर, २०८१ बिहिबार

05:24:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा, न्यूनतम मूल्य कति ?

४ असोज, २०७९

आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असोज ४ गते मंगलबार) देखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ । लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले उक्त संस्थापक सेयर खरिदकका लागि असोज १२ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सक्नेछन्।

लगानीकर्ताले न्यूनतममा १० हजार कित्तादेखि अधिकतममा ३ लाख कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन्। लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ।