२३ बैशाख, २०८१ आइतबार

09:58:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिम्याट खाता खोल्नेको संख्या ५४ लाख नाघ्यो, मेरो सेयर खोल्ने कति ?

३ असोज, २०७९

डिम्याट खाता खोल्नेको संख्या ५४ लाख नाघ्यो, मेरो सेयर खोल्ने कति ?

काठमाडौं । नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ । हिजो आज सेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ ।  आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो ।
    
सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले यो लिने मानिसहरुको क्रेज दिनानु दिन बढिरहेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। यस अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ।