८ बैशाख, २०८१ शनिबार

07:47:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्राइम लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो नयाँ बोनसदर, बीमितले ८० रूपैयाँसम्म बोनस पाउने

३ असोज, २०७९

प्राइम लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो नयाँ बोनसदर, बीमितले ८० रूपैयाँसम्म बोनस पाउने

काठमाडौँ ।  प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७।७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट गत भदौं ३० गते स्वीकृत भएपश्चात बीमितलाई दिने बोनसदर सार्वजनिक गरेको हो ।

नयाँ बोनस दर अनुसार इन्स्योरेन्सले बीमितलाई प्रतिहजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर दिने भएको हो । आर्थिक बर्ष २०७६।०७७ मा इन्स्योरेन्सले बिमितलाई प्रतिहजार न्यूनतम ३२ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर कायम गरेको थियो ।

कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रूपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा २५ देखि माथिका बीमा अवधिका लागि ७० रूपैयाँ बोनसदर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

यस बीमा योजनाअन्तर्गत कम्पनीले ० देखि ९ वर्षे बीमा अवधिका लागि प्रतिहजार ३५ रूपैयाँ, १० देखि १४ वर्षे बीमा अवधिका लागि ४० रूपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिका लागि ४५ रूपैयाँ र २० देखि २४ वर्षे बीमा अवधिका लागि ५० रूपैयाँ बोनसदर कायम गरेको छ ।

सावधिक जीवन तथा आजिवन बीमालेख अन्तर्गत ० देखि ९ वर्षसम्मका पोलिसीले ३६ रुपैयाँ, १० देखि १४ वर्षसम्मका बीमा पोलिसीहरुले ४५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका बीमा पोलिसीहरुले ५० रुपैयाँ, २० देखि २४ वर्षसम्मका बीमा पोलिसीहरुले ५७ रुपैयाँ र २५ वर्षदेखि माथिका बीमा पोलिसीहरुले ७५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमितले प्रतिहजार न्यूनतम ५० रूपैयाँ र अधिकतम ८० रूपैयाँसम्म बोनसदर पाउने छन् । यस बीमा योजनामा इन्स्यारेन्सले १० देखि १४ वर्षे बीमा अवधिका लागि प्रतिहजार ५० रूपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिका लागि ५८ रूपैयाँ , २० देखि २४ वर्षे बीमा अवधिका लागि ६५ रूपैयाँ र २५ देखि माथिका बीमा अवधिका लागि ८० रूपैयाँ बोनसदर कायम गरेको छ ।

प्राइम लाइफका अग्रिम भुक्तानी तथा सावधिक जीवन बीमालेख अन्तर्गतका १० देखि १४ वर्षसम्मका बीमा पोलिसीहरुले ५० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका बीमा पोलिसीहरुले ५८ रुपैयाँ, २० देखि २४ वर्षसम्मका बीमा पोलिसीहरुले ६५ रुपैयाँ र २५ वर्षदेखि माथिका बीमा पोलिसीहरुले ८० रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

त्यस्तै, प्राइम जीवन उपहार अग्रिम भुक्तानी अन्तर्गतका बीमा पोलिसीहरुले ४२ रुपैयाँ र प्राइम जीवन उपहार सावधिक बीमा पोलिसीहरुले ४० रुपैयाँ बोनस पाउनेछन् ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ । आगामी बीमाङ्कीय मूल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरूमा यही बोनसदर कायम हुने कम्पनीले जानकारी गराएको छ ।