२३ बैशाख, २०८१ आइतबार

04:44:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आध्यन्तलाई धितोपत्र बोर्डबाट लगानी कोष प्रबन्धकको इजाजत

३ असोज, २०७९

आध्यन्तलाई धितोपत्र बोर्डबाट लगानी कोष प्रबन्धकको इजाजत

काठमाडौं । आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट नेपालमा लगानी कोष प्रबन्धकका रुपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ।

सेबोन – विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त सो  इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवद्र्धन गर्न अनुमति दिएको हो। 

आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसायहरू र नवीन उद्यमहरूलाई पूँजीमा पहुँच प्रदान गर्नेछ ।

आध्यन्तका संस्थापक मनोज पौडेलका अनुसार, सेबोनले देखाएको यस नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालन मार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्नेछ ।

आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पूँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।