१४ बैशाख, २०८१ शुक्रबार

04:25:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईपीओ निष्कासनको प्रस्तावसहित माथिल्लो मैलुङ खोला जलविद्युतले बोलायो साधारणसभा

३ असोज, २०७९

आईपीओ निष्कासनको प्रस्तावसहित माथिल्लो मैलुङ खोला जलविद्युतले बोलायो साधारणसभा

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको नवौँ वार्षिक साधारणसभा असोज ९ गते अकामा होटेल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभामा आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन र नाफा नोक्सानसम्बन्धी विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू छलफल गरी पारित गरिनेछ ।