२३ बैशाख, २०८१ आइतबार

07:49:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा एशियन लाईफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

२ असोज, २०७९

नेप्सेमा एशियन लाईफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले १४.५० प्रतिशत बोनस सेयर वितरणका लागि बुकक्लोज गर्ने निर्णय गरेसँगै आज (आइतबार) नेप्सेमा एशियन लाईफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले कम्पनीको प्रतिकित्ता ४ सय ७१ रूपैयाँ ६२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ५ सय ४० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।