७ बैशाख, २०८१ शुक्रबार

07:59:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सन्दीप लामिछालाई इन्टरपोलमार्फत पक्राउ गर्ने तयारीमा प्रहरी

२ असोज, २०७९

सन्दीप लामिछालाई इन्टरपोलमार्फत पक्राउ गर्ने तयारीमा प्रहरी

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याउने तयारी गरेको छ । लामिछाने नेपाल नफर्किएपछि इन्टरपोलमार्फत पक्राउ गरी ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ ।

केही दिन अघि एक १७ वर्षीया किशोरीले सन्दीपले आफूलाई भदौ ५ गते पिंगलास्थानको होटलमा लगेर पटक–पटक जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।  

त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले आफूमाथि लागेको आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको र बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेकोले अनुसन्धानका लागि नेपाल आउन लागेको बताए पनि अहिलेसम्म उनि नेपाल आएका छैनन् ।