२३ बैशाख, २०८१ आइतबार

03:08:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा गिरावट आउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

२ असोज, २०७९

सेयर बजारमा गिरावट आउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजार घट्ने क्रम रोकिएको छैन ।  साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३३.९७ अकंले घटेर १८७६.४१ बिन्दुमा बन्द भएको छ ।

आज २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावट आउँदा पनि आज लक्ष्मी बैंकको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । बैंकको आज २१ करोड ३८ लाख ४४ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्ते, प्रभु बैंकको प्रोमोटर सेयरको १९ करोड ५८ लाख ४५ हजार रुपैयाँ, नेपाल टेलिकमको ५ करोड ३४ लाख ९७ हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४५ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ ।