२४ बैशाख, २०८१ सोमबार

12:31:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा ३३.९७ अंकको गिरावट, १ अर्ब ६० करोडको कारोबार

२ असोज, २०७९

सेयर बजारमा ३३.९७ अंकको गिरावट, १ अर्ब ६० करोडको कारोबार

काठमाडौं । सेयर बजार घट्ने क्रम रोकिएको छैन ।  साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३३.९७ अकंले घटेर १८७६.४१ बिन्दुमा बन्द भएको छ ।

आज २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँको कारोबार भएको छ ।
नेप्से ओरालो लाग्दा लक्ष्मी बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ग्लोबल आइएमई समुन्नत स्किम १ को सेयरमूल्य ५.३५ प्रतिशतले बढेको छ ।  

आज बलेफी हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस दिन कम्पनीको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । कारोबारको आधारमा आज  लक्ष्मी बैंकको सबैभन्दा बढी सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको २१ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।