२ चैत, २०८१ आइतबार
12:15:46 AM
२ असोज, २०७९
काठमाडौं। बजारमा भएको तरलताको अभावबीच पनि घर जग्गा कारोबारमा सुधार आएको छ । गत साउन महिनाको तुलनामा भदौ महिनामा घर जग्गा कारोबारमा केही मात्रामा सुधार आएको हो । गत साउन महिनामा घर जग्गाबाट २ अर्ब ७४ करोड राजस्व उठेको थियो। तर भदौमा घर जग्गाबाट ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठेको सरकारी तथ्यांकले देखाउँछ ।
साउनको तुलनामा भदौमा करिब ८२ करोड रुपैयाँ राजस्व बढी उठेको हो। गत असारको तुलनामा भने झण्डै आधा मात्रै राजस्व उठेको छ। असारमा ६ अर्ब रुपैयाँ माथि राजस्व उठेको थियो।
मालपोत कार्यालय ललितपुर (लगनखेल) बाट २९ करोड ४६ लाख रुपैयाँ राजश्व संकलन भएको छ। ललितपुरकै गोटीखेल कार्यालयबाट ५ लाख ३६ हजार रुपैयाँ संकलन भएको छ। मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंबाट २८ करोड ७६ लाख रुपैयाँ संकलन भएको छ।
मालपोत कार्यालय भक्तपुरबाट १९ करोड १४ लाख रुपैयाँ राजस्व संकलन भएको छ। उपत्यका बाहिर मालपोत कार्यालय चितवनबाट ९ करोड ७८ लाख रुपैयाँ, मालपोत कार्यालय कास्कीबाट ८ करोड ७१ लाख, मालपोत कार्यालयले सुनसरीबाट ७ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौंको चाबहिलको कार्यालयबाट २० करोड १३ लाख रुपैयाँ, कलंकी २१ करोड ८३ लाख रुपैयाँ, साँखुबाट ११ करोड ६० लाख रुपैयाँ, मनमैजुबाट ५ करोड ५१ लाख रुपैयाँ, टोखाबाट ६ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ।