२३ बैशाख, २०८१ आइतबार

08:15:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तपाईको खातामा आयो एक कम्पनीको २० प्रतिशत बोनस सेयर ?

२ असोज, २०७९

तपाईको खातामा आयो एक कम्पनीको २० प्रतिशत बोनस सेयर ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बोनस सेयर सेयरधनीको सम्बन्धित खतामा जम्मा गरेको छ । कम्पनीले २०७८ पुस २९ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुले कम्पनीको सेयर अभौतिकीकरण गराए पश्चात सम्वन्धित हितग्राही खातामा बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।

साथै हितग्राही खाता खोल्न बाँकी र गत आर्थिक बर्षहरुको सेयर प्रमाणपत्र संकलन नगरेका सेयरधनीहरुले कम्पनीको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग काठमाडौंबाट प्रमाणपत्र संकलन गरि सेयर अभौतिकीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।