७ बैशाख, २०८१ शुक्रबार

10:20:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, सतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव

२ असोज, २०७९

आईएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, सतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव

काठमाडौं । आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार चौँथो वार्षिक साधारण सभा असोज २६ गते बुधबार लैनचौरस्थित लैनचौर ब्यांक्वेट काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले बीमा समितिबाट तोेकिएको चुक्तापुँजी ५ अर्ब कायम गर्न संस्थापक सेयरधनीहरुबाट हाल कायम रहेको चुक्तापुँजीको सतप्रतिशत बराबरको सेयरपुँजी पुनः थप गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७ ०७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७र०७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।