२३ बैशाख, २०८१ आइतबार

05:52:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धितोपत्र बोर्डले खुलायो नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स (सूचनासहित)

२ असोज, २०७९

धितोपत्र बोर्डले खुलायो नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स (सूचनासहित)

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड  (सेबोन) ले नयाँ ब्रोकर, नयाँ स्टक एक्सचेञ्ज तथा नयाँ वस्तु विनिमय बजार सञ्चालनको लागि आवेदन माग गरेको छ। धितोपत्र बोर्डले आज (आइतबार) सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

बोर्डले स्टक ब्रोकर र स्टक डिलरको हकमा सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र आवेदन दिईसक्न आग्रह गरेको छ । त्यस्तै स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको हकमा भने सूचना प्रकाशन भएको ४५ दिन भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ ।

बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जको लागि लाईसेन्स दिन बताएको छ । स्टक ब्रोकर र स्टक डिलर कति वटालाई लाईसेन्स दिने हो ? त्यो भने खुलाएको छैन् ।