२४ बैशाख, २०८१ सोमबार

02:13:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा थप २ लघुवित्तको सेयर कारोबार रोक्का

२ असोज, २०७९

नेप्सेमा थप २ लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । नेप्सेमा थप २ लघुवित्त वित्तिय संस्थाहरुको सेयर कारोबार रोक्का भएको छ । आरएमडीसी लघुवित्त वित्तिय संस्था र साना किसान लघुवित्त वित्तिय संस्था लिमिटेडका बिचमा मर्जर सम्झौता भएकाले दुबै कम्पनीको कारोबार नेप्सेमा रोक्का गरिएको हो ।   

दुई लघुवित्त कम्पनीहरु मर्जरमा जाने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा भदौ ३१ गते शुक्रबार हस्ताक्षर भएकासँगै दोस्रो बजारमा कारोबार रोक्का का लागि दुबै संस्थाले नेप्सेलाई पत्र लेखेका छन् । यी दुई कम्पनी १००ः८७ को स्वापमा मर्ज हुने प्रारम्भिक समझदारी भएको छ । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।

मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ। दुबै संस्थाका संस्थापक समूहबाट २र२ जना, सर्वसाधारण समूहबाट १।१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति समेत भएको छ ।