२० बैशाख, २०८१ बिहिबार

01:20:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली अभियन्ता पोख्रेल अष्ट्रेलियामा सम्मानित

११ माघ, २०७८

नेपाली अभियन्ता पोख्रेल अष्ट्रेलियामा सम्मानित

अष्ट्रेलिया । 
अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आउनुभएका सामाजिक अभियान्ता मुक्तीराम पोख्रेल अष्ट्रेलियाको बहुसाँस्कृतिक तथा ज्ष्ठ नागरिक मन्त्रालयको st. George Community volunteers Awards बाट सम्मानित हुनुभएको छ । अष्ट्रेलियाका नवनियुक्त बहुसाँस्कृतिक तथा जेष्ठ नागरिक मन्त्री मार्क कोर जोसेपले एक कार्यक्रमकाबीच पोख्रेलले सामाजिक क्षेत्रमा गरेको योगदानको उच्च प्रशंसा गर्दै उक्त अवार्डबाट सम्मान गर्नुभएको हो । नेपालमा रहँदा विभिन्न सामाजिक अभियानको अभियान्ता समेत रहनुभएका पोख्रेल ९ वर्षदेखी अष्ट्रेलियामा बस्दै आउनुभएको छ । उहाँले अष्ट्रेलियामा रहँदा पनि विभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक कार्यलाई निरन्तरता दिईरहनुभएको छ । प्रवासमा रहेर नेपाल, नेपाली र मानव हितका लागि गरेको निस्वार्थ सेवाको उच्च मूल्यांकन गर्दै अष्ट्रेलिया सरकारले गरेको सम्मानले आफुलाई थप जिम्मेवार बन्न सहयोग पुगेको बताउनुभयो । उँहाले आगमी दिनमा नेपाल र नेपालीको हितका लागि थप प्रतिवद्ध भएर लाग्ने समेत बताउनुभएको छ । 
पोख्रेल अहिले फेन्का प्रतिनिधि सदस्य, नेपाली कला संस्कृति तथा साहित्यिक प्रतिष्ठानको पूर्व महासचिव, नेप्लिज ब्लड डोनर एसोसिएशन अष्ट्रेलियाका उपाध्यक्ष, अन्तर्राष्ट्रीय साहित्यक समाजका आजीवन सदस्य, नेपाली युथ फोरम अष्ट्रेलियाका संरक्षक र हाल रूपन्देही सामाजिक संन्जाल अष्ट्रेलियाका अध्यक्ष हुनुहुन्छ ।