२४ बैशाख, २०८१ सोमबार

08:02:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्से परिसूचक १००.१० अंकले घट्यो, लगानीकर्ता निराश

१० माघ, २०७८

नेप्से परिसूचक १००.१० अंकले घट्यो, लगानीकर्ता निराश

काठमाण्डौं
सोमबार सेयर बजार निकै ठूलो अंकले ओरालो लागेको छ । यसरी सेयर बजार ओरालो लाग्दा करिब ९ अर्बको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रोदिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ । नेप्से ३.४३ प्रतिशतले घटेको हो । यसैगरी सेन्सेटिभ परिसूचक पनि १८.२० अंकले घटेर ५२५.९० विन्दुमा कायम भएको छ।

कूल २ सय २८ वटा कम्पनीको १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रूपैयाँ ५७ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।