८ बैशाख, २०८१ शनिबार

07:38:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जिपलाईनमा युवती, सर्प देखाएर पैसा माग्दै महिला लगाएत नेपाल र नेपाली पन झल्कने केही तश्विर (फोटो फिचर)

Nepal Business

९ माघ, २०७८

जिपलाईनमा युवती,  सर्प देखाएर पैसा माग्दै महिला लगाएत नेपाल र नेपाली पन झल्कने केही तश्विर (फोटो फिचर)

हाइग्राउन्ड एड्भेन्चर्सले सन् २०१२ देखि पोखराको सराङकोटदेखि हेम्जासम्म सञ्चालनमा ल्याएको ‘‘वल्ड क्लास जिपलाइन’’ मा सुमरम्यान जिपलाइनको मज्जा लिँदै साहसिक खेलप्रेमी युवती । पछिल्लो समय पोखरामा साहसिक खेलप्रति महिलाको आकर्षण बढ्न थालेको छ । तस्वीर ः राधिका कँडेल, रासस

कञ्चनपुरको झलारी बजारमा सर्प देखाएर पैसा माग्दै गरेका महिला । बञ्जारा जातिका महिला बजारमा सर्प देखाएर आउने पैसाले परिवारको खर्च चलाउने गरेका छन् । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरदेखि ५० किलोमिटर टाढा रहेको सोनमा गाउँपालिकाबाट झण्डै ५०० किलोमिटर टाढा रहेको भारतको झारखण्डमा अवस्थित बाबा बैद्यनाथको पूजाअर्चना र दर्शनका लागि पैदल हिँडेर जाँदै भक्तजन । तस्वीर ः सञ्जीतकुमार मण्डल÷रासस

हिउँदयाम छल्न लेकबाट माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा झारिएको चौरी हिमपात भएकै खुला स्थानमा बास । यसरी राखिएका कपिपय चौरीहरु बढी चिसोले गर्दा मर्ने गरेका पनि छन् । किसानहरुलाई नोक्सान समेत हुने गरेको छ । तस्वीर ः नवीन लामिछाने, रासस

सहारा क्लबको आयोजनामा पोखरा रङ्गशालामा जारी आहा रारा गोल्ड कपमा फूटबल सशस्त्र प्रहरीको एपिएफ क्लब र अमेरिकाको बिवाइएससी भिड्दै । तस्वीर ः राधिका कँडेल, रासस