२३ बैशाख, २०८१ आइतबार

05:10:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारद्वारा विद्युतीय विधेयक फिर्ता

Nepal Business

३१ भदौ, २०७९

सरकारद्वारा विद्युतीय विधेयक फिर्ता

काठमाण्डौं । सरकारले विद्युतीय विधेयक फिर्ता पठाएको छ । शुक्रबार संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो।

राष्ट्रियसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रस्तुत गरेको उक्त विधेयक फिर्ता गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो । 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको घोषणा गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक आगामी असोज २ गते आइतबार बिहान १०ः५९ मा बस्नेछ ।