२३ बैशाख, २०८१ आइतबार

07:25:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१७ कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

३१ भदौ, २०७९

१७ कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष शुरु भएयता १७ कम्पनीले लगानीकर्ता तथा इकाईधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने कम्पनीहरुमा १ वटा जलविद्युत कम्पनी, ३ वटा बीमा कम्पनी, ३ वटा क्यापिटल र बाँकी म्यूचुअल फण्ड रहेका छन् ।

१) सानिमा माई हाइड्रोपावर

सानिमा माई हाइड्रोपावरले सेयरधनीहरुलाई बोनस सेयर नदिने भएको छ । कम्पनीले २०७८/२०७९ को नाफाबाट सेयरधनीहरुलाई ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

२) नेशनल लाइफ इन्स्योसेन्स

नेशनल लाइफ इन्स्योसेन्सले आर्थिक बर्ष २०७७/७८ मुनाफाबाट १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश रहेको छ ।

३) एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १४.५० प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ ।

४) गुराँस लाइफ इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलालाई ७.४३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ७.४४ प्रतिशत र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश रहेको छ ।

५) सनराइज फस्ट म्युचुअल फण्ड

सनराइज क्यापिटल फण्ड अन्तर्गतको सनराइज फस्ट म्युचुअल फण्डले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट इकाईधनीहरुलाई करसहित १२ प्रतिशत नगद लाभांश दिने दिने प्रस्ताव गरेको हो ।

६) सानिमा इक्विटी फण्ड

सानिमा इक्विटी फण्डले इकाईधनीलाई २२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

७) सानिमा क्यापिटल

सानिमा क्यापिटलले इकाईधनीलाई १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

८) लक्ष्मी इक्विटी फण्ड

लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

९) एनआईसी एशिया क्यापिटल

एनआईसी एशिया क्यापिटलले इकाईधनीलाइ ५५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

१०) लक्ष्मी उन्नति कोष

लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

११) एनएमबी हाईब्रिड फण्ड एल–१

एनएमबी हाईब्रिड फण्ड एल–१ ले इकाईधनीलाई २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

१२) एनएमबी–५०

एनएमबी–५० ले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

१३) सिद्धार्थ इक्विटी फण्ड

सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने छ ।

१४) सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

१५) कुमारी क्यापिटल
कुमारी क्यापिटलले ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

१६)  एनआईबीएल प्रगति फण्ड

एनआईबीएल प्रगति फण्डले ४.२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

१७) एनआईबीएल सहभागिता फण्ड

एनआईबीएल सहभागिता फण्डले ७.२ प्रतिशत लाभांश दिने भएका छन् ।

प्रस्तावित उक्त लाभांश सम्बन्धित कम्पनीका नियामकले स्वीकृत गरेर साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिने छ ।