२३ बैशाख, २०८१ आइतबार

06:13:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

Nepal Business

३१ भदौ, २०७९

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डौं । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको हो ।  (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो ।

यस्तै डिजेलको मूल्य भने प्रतिलिटर ४४ पैसा मात्रै घटेको छ । अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहने छ भने डिजलमा घाटा यथावत् रहनेछ । हाल निगमलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ हाराहारीमा नोक्सानी छ । उपभोक्ताका लागि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजलको १७८ रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आउँदा नेपाल आयल निगमलाई पनि मूल्य घट्ने गर्छ । निगमले सोअनुसार उपभोक्ताका लागि स्वचालित प्रणालीबाट मूल्य तय गर्नुपर्ने व्यवस्था छ।

तर हाल निगमले पहिलेको सञ्चित घाटा देखाउँदै मूल्य घटेर आउँदा पनि नघटाउने तर बढेर आउँदा बढाउने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार (साढे १ बजे) डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ तथा ब्रेन्टको ९१ डलर हाराहारीमा कारोबार भएको छ।

भारतबाट तेलको मूल्य घटेर आए पनि के नेपाल आयल निगमले मूल्य समायोजन गर्ला ?