२३ बैशाख, २०८१ आइतबार

03:04:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबारको अन्तिम कारोबारको दिन सेयर बजारमा १४.१० अंकको गिरावट

३१ भदौ, २०७९

शुक्रबारको अन्तिम कारोबारको दिन सेयर बजारमा १४.१० अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) १४.१० अंकले घटेर १९१०.३८ विन्दुमा बन्द भएको छ ।

आज कूल २२० वटा कम्पनीको २९ लाख १६ हजार २ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ८१ लाख ८६ हजार ४ सय ८८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ । आज कारोबारको हिसावले रिडी हाइड्रोपावरको सर्वाधिक खरिदबिक्री भएको छ ।

आज कम्पनीको ४ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज नबिल ब्यालेन्स फण्ड २ को मूल्य सबैभन्दा धेरै बढेको छ । यस दिन मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।