२३ बैशाख, २०८१ आइतबार

07:52:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबारको अन्तिम कारोबारको दिन यी कम्पनीको भयो सर्वाधिक कारोबार

३१ भदौ, २०७९

शुक्रबारको अन्तिम कारोबारको दिन यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) १४.१० अंकले घटेर एक हजार ९ सय १० दशमलब ३८ विन्दुमा बन्द भएको छ ।

नेप्से घटेसँगै आज कारोबार रकम समेत घटेको छ । बिहिबार २ अर्बमाथिको कारोबार भएकोमा शुक्रबार फेरी कारोबार रकम करोडमा झरेको छ । आज नेप्सेमा ९० करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

सो रकम बराबरको कारोबार हुँदा आज रिडी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ३ करोड २ लाख, नबिल बैंकको ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८४ लाख र अपि पावरको २ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ ।