२० बैशाख, २०८१ बिहिबार

03:17:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

३१ भदौ, २०७९

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७।७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको बैठकले सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको १५.७८९५ प्रतिशतले हुन आउने १ अर्ब २९ करोड ५९ लाख ९४ हजार ७१९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

यो नगद लाभांशमा ०.७८९५ प्रतिशतबराबरको रकम कर  प्रयोजनका लागि हुने कम्पनीले स्पष्ट पारेको छ। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुने कम्पनीले जनाएको छ।