२३ बैशाख, २०८१ आइतबार

11:53:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबारको अन्तिम कारोबार आज

३१ भदौ, २०७९

शुक्रबारको अन्तिम कारोबार आज

काठमाडौं । अब शुक्रबार सेयर कारोबार नहुने भएको छ। आज (भदौ ३१ गते शुक्रबार) को अन्तिम सेयर कारोबार हुँदै छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संचालक समितिको बैठकले असोज महिनादेखि लागु हुने गरि शुक्रबार भईरहेको सेयर कारोबार बन्द गर्ने निर्णय गरेकोसँगै आज (भदौ ३१ गते शुक्रबार) को अन्तिम कारोबार हुने भएको हो ।

असोज महिनाको पहिलो शुक्रबार देखिनै सेयर कारोबार बन्द गर्ने  निर्णय नेप्सेले गरेको थियो। हाल आइतबारदेखि शुक्रबारसम्म सेयर कारोबार भइरहेको छ। शुक्रबारका दिन भने २ घन्टामत्रै सेयर कारोबार हुने गरेको छ। लगानीकर्ताले शुक्रबार २ घण्टा कारोबार संचालन गर्नुको कुनै अर्थ नरहेको भन्दै शुक्रबारको कारोबार बन्द गर्न माग गर्दै आएका थिए । सोहि अनुसार नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

विश्व बजारमा हप्तामा ५ दिन मात्रै सेयर कारोबार हुने भएकोले नेपालमा पनि हप्तामा ५ दिन मात्रै कारोबार खुलाउनुपर्ने लगानीकर्ताहरुले माग गरिरहेका थिए ।

यसअघि हप्तामा ५ दिनमात्रै कारोबार हुने गरेको थियो । तर सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयपछि सेयर कारोबार आइतबार बन्द गरी शुक्रबार सञ्चालन भएको थियो ।

सरकारले पुनः सातामा दुई दिन बिदा दिने निर्णय खारेज गर्दै  शनिबार मात्रै सार्वजनिक बिदा दिने निर्णय गर्यो। तर सेयर बजार भने हप्ताको ६ दिन कारोबार हुने गरेको छ । लगानीकर्ताहरुले शुक्रबारको कारोबार छिट्टै बन्द गर्न चौतर्फि दवाव दिइरहेका थिए ।

अब असोज महिनादेखि सार्वजनिक विदाका दिनमा बाहेक अन्य दिनमा आइतबारदेखि बिहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुने छ ।