४ जेठ, २०८१ शुक्रबार

10:27:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३० लाख मूल्य बराबरको भन्सार छली, नेपाल ल्याईएको सामान नियन्त्रणमा

७ माघ, २०७८

३० लाख मूल्य बराबरको भन्सार छली, नेपाल ल्याईएको सामान नियन्त्रणमा

पर्सा । 
वीरगञ्जबाट प्रहरीले ३० लाख मूल्य बरावरको भन्सार छलेर नेपाल भित्राइएको सामान सहति एक ट्रकलाई नियन्त्रणमा लिएको छ । ३० लाख मूल्य बराबरको भन्सार छलीका सामान बोकेको ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका १६ इदगाह चोकको सडकखण्डमा ना ३ ख ५६७१ नं को मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो  ।  

ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीले जनाएको छ  । क्रममा ट्रकका चालक पर्साको जगरनाथपुर गाउँपालिका १ का ४५ वर्षीय लालबाबु महरालाई नियन्त्रणमा लिइएको छ । उक्त ट्रकमा भएको मालसमानसहित ३० लाख  मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ । रासस